logo
२०८१ जेष्ठ १ मंगलवार



अब २७ जिल्लाको मौसमी विवरण

राजनीति |


अब २७ जिल्लाको मौसमी विवरण



चाँदनी हमाल

काठमाडौँ, भदौ ८ गते । मौसम पूर्वानुमान महाशाखाले २७ जिल्लाको मौसमी विवरण अब निरन्तर प्रकाशन गर्नेभएको छ । यसअघि किसानका लागि त्यो मौसमी विवरण नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बुलेटिन तयार गर्न पठाउन बनाइने गरिएको थियो । अबदेखि आफ्नो वेबसाइटमा बिहीबार निरन्तर प्रकाशन गरिन थालेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
“भविष्यमा ७७ जिल्लाकै मौसमी विवरण सार्वजनिक गर्ने योजना हो, तर हाल नार्कको परियोजना अनुसार काम भइरहेकाले खेती किसानलाई सघाउने उद्देश्यले २७ जिल्लाको मात्र सार्वजनिक गरिएको हो,” उहाँले भन्नुभयो ।
कँडेलका अनुसार मनसुनमा निर्भर नेपालको खेती प्रणालीलाई सघाउने किसिमले साप्ताहिक बुलेटिन तयार पारिएको बुलेटिनकै आधारमा नार्कले थप छलफल गरी आफ्नो बुलेटिनमा प्रकाशन गर्छ । त्यसपछि किसानको पहुँचमा पु¥याउने गरी सन्देश पठाइने कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिनुभयो ।
तर यसले अन्य सर्वसाधारणको जीवनमा पनि सकारात्मक सहयोग गर्ने भएकाले महाशाखामार्फत सार्वजनिक गर्न थालिएको हो । ‘‘भनिँदा २७ जिल्लाको भनिए पनि देशभरका सर्वसाधारणलाई योजनाबद्ध यात्रा गर्न र कामको योजना बनाउन साप्ताहिक मौसमी विवरणले सघाउने छ,’’ उहाँले बताउनुभयो ।
प्रकाशित साप्ताहिक मौसमी जानकारीअनुसार वर्षा, तापक्रम, मौसमी अवस्थिति, महìवपूर्ण मौसमी आँकलन जिल्लाअनुसार उल्लेख गरिएको छ ।
आगामी बिहीबारसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरीमा आगामी हप्ताभर हल्कादेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ । त्यस क्षेत्रमा हालको तापक्रम ३५ डिग्री आसपास नै रहने जनाइएको छ । केही क्षेत्रमा मेघ गर्जनसहितको वर्षा हुने अनुमान गरिएको छ । बारा,
चितवन, रुपन्देहीमा भने तापक्रम हालभन्दा केही बढ्ने तर वर्षाको अवस्था पूर्वको झैँ रहने जनाइएको छ ।
बाँके तथा कैलालीका केही स्थानमा भारी वर्षा हुने तथा अन्यत्र मध्यमसम्मको वर्षा हुने अनुमान छ । तापक्रममा खासै परिवर्तन हुने छैन ।
धनकुटा, दोलखा, काभ्रे, धादिङमा हल्कादेखि मध्यम वर्षा साताभर कायम रहने बुलेटिनमा जनाइएको छ । कास्की, पाल्पा, रुकुममा तापक्रम यथावत रही केही क्षेत्रमा भारी वर्षा हुनेछ । दाङ, सुर्खेत, डोटीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सङ्खुवासभा, मुस्ताङ, जुम्ला र दार्चुलामा साताभर नै आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै उदयपुर तथा अर्घाखाँचीमा सामान्यदेखि मध्यम बदलीको अवस्थामा मौसम रहने साप्ताहिक मौसमी बुलेटिनमा उल्लेख छ ।
आगामी तीन दिनको मौसमी विवरणअनुसार भने काठमाडौँलगायत देशभर सामान्यदेखि मध्यम बदली रहनेछ । “झरी जसरी पर्ने हैन तर पश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ,” कँडेलले थप्नुभयो, “काठमाडौँसहित देशका अधिकांश स्थानमा घाम लाग्दै हल्का वर्षा हुँदै रोकिँदै रहने अवस्था छ । ”
उहाँका अनुसार यसपटकको मनसुनमा न्यूनचापीय रेखाको पूर्ण असर नेपालभित्र पर्न सकेको छैन । बङ्गालको खाडीबाट नजिक आउने तर नेपालभित्र स्थिर नरहने कारण वर्षा कम भएको उहाँ बताउनुहुन्छ । हाल मनसुनको न्यूनचापीय रेखा बङ्गालको खाडीमा उडिसा नजिक माथिल्लो वायुमण्डलमा रहेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?