logo
२०८१ जेष्ठ १ मंगलवार



प्रदेशसभा सदस्यको पकेटमारी गर्ने पक्राउ !

राजनीति |


प्रदेशसभा सदस्यको पकेटमारी गर्ने पक्राउ !



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते । प्रदेश–३ का सभासदस्य भावना सुवेदीको झोलाभित्र रहेको ७३ हजार पकेटमारी फरार भएको अभियोगमा प्रहरीले सर्लाही बरथहवाका १९ वर्षीय निश्चल थिङलाई गौशालाबाट पक्राउ गरेको छ ।
गत साउन २६ गते काम विशेषले न्युरोडबाट ईन्द्रचोक जाँदै गरेको अवस्थामा सभासदस्य सुवेदीको झोलाबाट अपरिचित एक व्यक्तिले नगद झिकेर फरार भएका थिए । महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार, सीसीटीभी फुटेजका आधारमा अभियुक्त थिङको पहिचान भएको हो ।
उनको साथबाट लुटिएको सामान भने बरामद भएको छैन । तर अभियुक्त थिङ आफैले अपराध स्वीकारेको प्रहरीले जनाएको छ । भीडभाड भएको मौका छोपी झोलाको जिप खोलेर नगद र एटीएम कार्ड बोकेर हिँडेका थिए । अभियुक्त थिङको बसाइ मैतिदेवी भए पनि लुटपाट तथा पकेटमारीका लागि भने एनएसी, न्युरोड, असन र ईन्द्रचोकलाई मुख्य अखडाको रूपमा प्रयोग गर्दै आएका छन् । प्रहरी परिसरका प्रवक्ता कृष्णबहादुर चन्दका अनुसार, पकेटमारी पछि लुकिछिपी बस्न गौशाला जाने गरेका थिए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?