logo
२०८१ बैशाख २८ शुक्रवार



अछामको पञ्चदेवल विनायकमा काँग्रेस नगर कार्यसमिति निर्वाचन

राजनीति |
प्रदेश |


अछामको पञ्चदेवल विनायकमा काँग्रेस नगर कार्यसमिति निर्वाचन


शिवराज ढुंगाना
अछाम, असोज १० गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचन प्रारम्भ भएको छ । सभापतिसँगै अन्य पदाधिकारी र कार्यसमितिमा सहमति नजुट्दा निर्वाचन भएको हो ।

नगर सभापतिमा सज्जनबहादुर शाही र हर्कबहादुर रावलबीचमा सहमति नभएपछि मतदानबाट कार्यसमितिको टुङ्गो लगाइने भएको हो । नगरको कार्यसमितिमा कुल ५२ जनाको कार्यसमितिमा ४४ जनामा मतदान भइरहेको मतदानस्थल रहेका प्रेस युनियनका केन्द्रिय प्रतिनिधि रमेश रावतले जानकारी दिनुभयो । छ जना कार्यसमिति सदस्य र दुई जना क्षेत्रीय प्रतिनिधि यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै तुर्माखाँद गाउँपालिकाको कार्यसमितिमा सहमति नहुँदा आइतबार दिउँसोबाट निर्वाचन प्रक्रिया थालनी गरिने बताइएको छ । साँफेबगर नगर सभापतिमा चार जनाको दाबी देखिएपछि सहमतिबाटै टुंग्याउने गरेर छलफल भइरहेको छ । मेल्लेख गाउँपालिकामा दुई जना र बान्नीगढी जयगढ गाउँपालिका गाउँ सभापतिमा चार जना आकांक्षी रहेकोमा सहमतिको प्रयास भइरहेको काँग्रेस अछामले जनाएको छ ।

मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, रामारोशन गाउँपालिका र चौरपाटी गाउँपालिकामा सहमतिका आधारमा पालिकास्तरीय कार्यसमिति चयन शनिबार नै सम्पन्न भइसकेको छ ।

मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, रामारोशन गाउँपालिकामा मानबहादुर साउँद, ढकारी गाउँपालिकामा धनबहादुर बुढा, कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी र चौरपाटी गाउँपालिकामा धर्म साउँद निर्विरोध सभापति चयन भइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?