logo
२०८१ जेष्ठ ४ शुक्रवार



सिन्धुलीको सबै पालिकामा काँग्रेस स्थानीय तह अधिवेशन सम्पन्न

राजनीति |
प्रदेश |


सिन्धुलीको सबै पालिकामा काँग्रेस स्थानीय तह अधिवेशन सम्पन्न


बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज १० गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुलीमा सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको उक्त अधिवेशन कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा आईतबार सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

जिल्लाका नौ वटै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको १४ औं महाधिबेसन निर्बाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयकाअनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । बाँकी दुधौली नगरपालिका र मरिण गाँउपालिकामा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन भएको हो । कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा पार्टी नेतृत्वको प्रयासमा अन्तिम अवस्थामा आएर प्रतिस्पर्धीबीच सहमती जुटेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कमलामाई नगरपालिकाको नगर सभापतिमा कमल पोख्रेल र फिक्कल गाउँपालिकाको कार्य समितिमा राम कार्की सभापतिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस्तै सुनकोसी गाउँपालिकाको सभापतिमा चन्द्रबहादुर श्रेस्ठ, हरिहरपुरगढी गाउँपालिकाको सभापतिमा बम्बहदुर स्याङ्बा, गोलन्जोर गाउँपालिकाको सभापतिमा मोतीराज सापकोटा, तीनपाटन गाउँपालिकाको सभापतिमा सोमप्रसाद घिमिरे र घ्याङलेख गाउँपालिकाको सभापतिमा गणेशबहादुर पुलामी निर्विरोध निर्वाचित हुनुभएको उहाँले बताउनुभयो ।

दुधौली नगरपालिकामा सभापति र दुई सचिबका लागि निर्वाचन भएको थियो । दुधौली नगरपालिकाको सभापतिमा बलराम कार्की १३५ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कुमार बस्नेतले ८६ मत प्राप्त गर्नुभएको थियो ।

दुधौलीमा नगर पार्टी सचिवमा मिलन सुनुवार र कमानसिं आलेमगर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता मरिण गाँउपालिकामा सभापति पदकालागि भएको निर्िाचनमा रामबहादुर वाईवाले ७० मत प्राप्त गरी निर्बाचित हुनभएको छ । उहाँका प्रतिस्पर्धी ध्रुब थापाले ४९ मत प्राप्त गर्नुभएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?