logo
२०८२ जेष्ठ २७ सोमवार



एमाले महाधिवेशन : मतगणना सुरु, दुई घण्टामा परिणाम सार्वजनिक हुने

राजनीति |
राष्ट्रिय |


एमाले महाधिवेशन : मतगणना सुरु, दुई घण्टामा परिणाम सार्वजनिक हुने


शालिग्राम नेपाल
सौराहा (चितवन), मङ्सिर १४ गते । नेकपा (एमाले)को सौराहामा जारी महाधिवेशनको मतगणना सुरु भएको छ ।

मंगलबार बिहान ४ बजेबाट भएको मतदान ११ बजेर १५ मिनेटमा सकिएको थियो । मुचुल्का उठाउने अन्य व्यवस्थापनको कार्य सकिएपछि मतगणना सुरु भएको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो ।

कुल दुई हजार १५३ जना प्रतिनिधि मतदाता रहेकोमा दुई हजार ९६ जनाले मत हालेको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो । ५७ जनाले मत हाल्नुभएन । मत नहाल्ने प्रतिनिधिको बारेमा पार्टीले रेकर्ड राख्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिवसहित केही पद भने सर्वसम्मत भएको छ । मतगणना सुरु भएको दुई घण्टामा परिणाम आउने निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?