काठमाडौं, मङ्सिर २४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजालाई पार्टी खोल्न सुझाव दिनुभएको छ ।
शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले नेपाल, नेपाली र राष्ट्रियताको रक्षा नेपाली नागरिकले नै गर्ने प्रष्ट पार्नुभयो ।
‘राजाले पनि एउटा पार्टी खोले हुन्छ, होइन भने एउटा व्यापार गरेर बसे हुन्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपाल र राष्ट्रियताको रक्षा हामी नेपालीले गर्न सक्छौँ ।’