logo
२०८१ मंसिर ८ शनिवार



एक्लै हिँड्ने कुरा कसैले नगरौँ : प्रचण्ड

राजनीति |


एक्लै हिँड्ने कुरा कसैले नगरौँ : प्रचण्ड


काठमाडौं, मङ्सिर २४ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्ने कुरा नगर्न आग्रह गर्नुभएको छ। शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिनेक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो ।

देशलाई अग्रगति दिन एकता जरुरी भएको भन्दै अहंकार छोडर सबै मिलेर हिँड्नुपर्नेमा जोड दिनुभएको हो । प्रचण्डले राजनीतिक प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अहिले एकता र गठबन्धनबाट नै सफलता प्राप्त भएको दाबीसमेत गर्नुभएको छ ।

‘देशलाई अग्रगति दिने सन्दर्भमा गहिरो एकताको जरुरी छ । पार्टी र साथी एक्लै हिँड्ने कुरा कसैले नगरौँ । हामी मिलेरै हिँड्ने हो’, प्रचण्डले भन्नुभयो, ‘हामीले राजनीतिक प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?