काठमाडौँ, मङ्सिर २४ । नेपाली काँग्रेसका सहमहामन्त्री सुनीलबहादुर थपाले मुलुकको अग्रणी लोकतान्त्रिक शक्ति काँग्रेस मात्रै भएको बताउनुभएको छ ।
शुक्रबार काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसबाट मात्र संविधानको रक्षा र परिवर्तन हुने दाबी गर्नुभएको छ ।
‘महाधिवेशन प्रतिनिधि साथीहरू मुलुकको अग्रणी लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस मात्रै हो’, थापाले भन्नुभयो, ‘यही पार्टी बाट मात्रै संविधानको रक्षा एवम् परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्द्धन हुन्छ ।’
थापाले मुलुकमा दिगो शान्ति र समृद्धि नेपाली कांग्रेसले मात्रै गर्न सक्छे दाबी गर्नुभयो ।