काठमाडौं, मङ्सिर २४ गते । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले संविधानको सफल कार्यान्वय नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ ।
शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले यस्तो दाबी गर्नुभएको हो । ‘संविधानका कमिकमजोरीलाई सच्याउँदै संविधानको सफल कार्यान्वयन नेपाली काँग्रेसले मात्र गर्न सक्छ’, निधिले भन्नुभयो ।
महाधिवेशनको सफलता तीनै तहको चुनावमा पार्टीमा काँग्रेसलाई विजयी गराउनु भएको उहाँको भनाइ छ । उहाँले आगामी निर्वाचनपछि काँग्रेसको एकमना सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
देश, जनता र पार्टीको झन्डामा सुरक्षित रहेको महसुस सबैले गर्नेगरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।