काठमाडौँ, मङ्सिर २५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्नुभएको छ ।
शनिबार प्रचण्डले एकसाथ नौ प्रदेशकै अधिवेशन काठमाडौंबाट उद्घाटन गर्नुभएको हो । प्रचण्डले सात भौगोलिकसहित अन्य दुई प्रदेशको सम्मेलन भर्चुअल माध्यमबाट संयुक्त रुपमा गर्नुभएको हो ।
माओवादी केन्द्रले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, बागतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन गरेको हो । अधिवेशनले प्रदेशमा नयाँ कमिटी गठन गर्नेछ ।
माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव, कोषाध्यक्ष गरेर नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।