logo
२०८१ बैशाख २२ शनिवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



काँग्रेस सभापतिमा वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने (विज्ञप्तिसहित)

राजनीति |


काँग्रेस सभापतिमा वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने (विज्ञप्तिसहित)


काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताउनुभएको छ ।

शनिबार प्रेस विज्ञप्तिमार्फत वरिष्ठ नेता पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताउनुभएको हो ।

'पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु,' उहाँले विज्ञप्तिमा भन्नुभएको छ, 'पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ।' 

१४ औँ महाधिवेशनसम्म आइपुग्दा धेरै प्रपञ्ज भोगेको पनि उहाँले विज्ञप्तिमार्फत बताउनुभएको छ । उहाँले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न सबैलाई अपिल गर्नुभएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?