logo
२०८१ बैशाख २३ आईतवार



काँग्रेस सभापतिमा शेखर कोइरालाको उम्मेदवारी दर्ता

राजनीति |


काँग्रेस सभापतिमा शेखर कोइरालाको उम्मेदवारी दर्ता
तस्बिर : केशब गुरुङ्ग


काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसको सभापतिमा नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशनमा शनिबार दर्ता भइराखेको छ । पार्टी सभापतिमा यसअघि कल्याण गुरुङ, प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।

नेता कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ भने महामन्त्रीको रुपमा गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?