logo
२०८१ बैशाख २२ शनिवार



काँग्रेस सभापतिमा बिमलेन्द्र निधिको उम्मेदवारी दर्ता

राजनीति |


काँग्रेस सभापतिमा बिमलेन्द्र निधिको उम्मेदवारी दर्ता
तस्बिरः केशब गुरुङ्ग


काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ताको भइराखेको छ । पार्टी सभापतिमा यसअघि कल्याण गुरुङ, प्रकाशमान सिंह, शेखर कोइरालाले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।

निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तिव्रता दिनुभएको थियो ।

शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ । काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहदुर देउवालेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?