logo
२०८१ बैशाख २२ शनिवार



काँग्रेस सभापतिमा प्रधानमन्त्री देउवाले गर्नुभयो उम्मेदवारी दर्ता

राजनीति |


काँग्रेस सभापतिमा प्रधानमन्त्री देउवाले गर्नुभयो उम्मेदवारी दर्ता
तस्बिर : केशब गुरुङ्ग


काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिसमेत रहनुभएका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

सभापति देउवासँगै पार्टी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

काँग्रेस सभापति देउवाले अर्को कार्यकालका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाभन्दा अगाडि काँग्रेस सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।

शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?