काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गृहमन्त्री खाँणले केहीबेरअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
काँग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ । केही समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउन लाग्नुभएको महाधिवेशनस्थल भृकुटीमण्डपबाट जानकारी प्राप्त भएको छ ।