logo
२०८१ बैशाख २५ मंगलवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



उम्मेदवारको प्रथम नामावली प्रकाशित (नामावलीसहित)

राजनीति |


उम्मेदवारको प्रथम नामावली प्रकाशित  (नामावलीसहित)


काठमाडौं, मङ्सिर २६ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारले दर्ता गराएको मनोनयन दर्ता क्रम अनुसार नामावली प्रकाशित भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्याह्न १२ बजे नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

उम्मेदवारी मनोनयन दर्ताका लागि शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

केन्द्रीय सभापति एक पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएके छ । क्रम अनुसार सभापति पदका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराउनुभएको हो ।

यसैगरी दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापतिका लागि महोश आचार्य, सुजता कोइराला, डा. चन्द्र भण्डारी, भनराज गुरुङ्ग, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले उम्मेदावरी दिनुभएको छ ।

यसैगरी दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । त्यस्तै एक सहमहामन्त्री महिला पदका लागि दुई जनाको उम्मेदवारी परेको समितिले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?