logo
२०८१ मंसिर ९ आईतवार



सांसदहरुलाई कोरोना परीक्षण गर्न सचिवालयको आग्रह

राजनीति |


सांसदहरुलाई कोरोना परीक्षण गर्न सचिवालयको आग्रह


काठमाडौं, मङ्सिर २७ गते । सांसदहरुलाई एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न संसद् सचिवालयले आग्रह गरिएको छ ।

सोमबार सचिवालयले एक सूचना जारी गर्दै सांसदहरुलाई संसद् बैठकमा सहभागी हुन आउनु अघि कोरोना परीक्षण गर्न आग्रह गरेको हो ।

मङ्गलबार दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकअघि सांसदहरुलाई कोरोनाको एन्टिजेन परीक्षण गराउन सचिवालयले सूचना प्रकाशित गरेको हो ।

सङ्घीय संसद्को बैठकमा सहभागी हुने प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ ।

एन्टिजेन परीक्षण बिहान ११ देखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?