logo
२०८१ जेष्ठ ५ शनिवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



अपराह्न पाँच बजेसम्म २२ सयभन्दा बढीकाे मत खस्यो

राजनीति |


अपराह्न पाँच बजेसम्म २२ सयभन्दा बढीकाे मत खस्यो
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं, मङ्सिर २७ गते । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा २२ सयभन्दा बढी मत मत खसेको छ ।

सोमबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म २२ सयभन्दा बढी मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिनुभयो ।

कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?