logo
२०८१ जेष्ठ ५ शनिवार

  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन  



साँझ ७ बजेसम्म ३३ सयले गर्नुभयाे मतदान

राजनीति |


साँझ ७ बजेसम्म ३३ सयले गर्नुभयाे मतदान


काठमाडौं,मंसिर २७ गते । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान जारी छ । सोमबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ७ बजेसम्म ३३ सय मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?