logo
२०८१ बैशाख २२ शनिवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



मतदान सकियो, एक घण्टामा मतगणना सुरु हुने

राजनीति |


मतदान सकियो,  एक घण्टामा मतगणना  सुरु हुने


काठमाडौं, मङ्सिर २७ गते । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साढे ११ बजेसम्म ४६ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि एक घण्टामा मतगणना सुरु हुन्छ ।

काँग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने भएको छ । उहाँका अनुसार सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने छ भने अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान भएको थियो ।

महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि सहभागी भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?