logo
२०८० चैत्र १६ शुक्रवार

  काँग्रेस १४ औँ  महाधिवेशन  



काँग्रेस सभापति पदको मतगणना अझै सुरु हुन सकेन

राजनीति |


काँग्रेस सभापति पदको  मतगणना अझै सुरु हुन सकेन


काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेस १४ औँ  महाधिवेशअन्तर्गत भएको मतदानमा सभापति पदको मतगणना अझै सुरु हुन सकेको छैनन । मंगलबार बिहान १ बजेबाट सुरु हुने भनिएको मतगणना ३ बज्दा पनि सुरु हुन सकेको छैन ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मतगणना सुरु हुन केही समय अझै लाग्ने बताउनुभयो । केही प्राविधिक कारणले मतगणना सुरु हुन ढिला भएको उहाँले बताउनुभयो ।

सोमबार बिहान ११ बजेदेखि रातिको साढे ११ बजेसम्म भएको मतदानमा ४ हजार ६७९ मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?