logo
२०८१ मंसिर १० सोमवार

  नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन  



सभापतिमा दोस्रो चरणको मतदान दिउँसो ३:३० देखि साँझ ७:३० सम्म

राजनीति |


सभापतिमा दोस्रो चरणको मतदान दिउँसो ३:३० देखि साँझ ७:३० सम्म


काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मङ्गलबार दिउँसो ३:३० बजे सुरु हुने जनाइएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी काँग्रेस सभापतिमा दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो ३:३० देखि साँझ ७:३० सम्म हुने जनाएको हो ।

काँग्रेसको पार्टी विधान अनुसार पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशतभन्दा बढी मत प्राप्त हुन नसक्दा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

जस अनुरुप शेरबहादुर देउवाले २२५८ र डा. शेखर कोइरालाले १७०२ मत प्राप्त गर्नुभएको छ । दोस्रो चरणमा देउवा र कोइरालाबीच मतदान हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?