काठमाडौं, मङ्सिर २८ गते । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार भर्खरै बैठक सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १६ गते मङ्सिर २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । सोही अनुसार दिउँसो २ बजे बस्ने बैठक बस्नुअघि कार्यव्यवस्था समिति बैठक बसेको हो ।
सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, गृहमन्त्री बालकृष्ण खाणले केही अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।