logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रधानमन्त्री देउवालाई कल्याण गुरुङको समर्थन

राजनीति |


प्रधानमन्त्री देउवालाई कल्याण गुरुङको समर्थन


काठमाडौं, मङ्सिर २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसका अर्का उम्मेदवार डा. कल्याण गुरुङले पनि समर्थ जनाउनुभएको छ । काँग्रेस १४ औँ केन्द्रीय महाधिवेनमा सबैभन्दा बढी मत ल्याउनुभएको देउवाको पक्षमा समर्थन रहेको गोरखापत्र अनलाइनसँग गुरुङले बताउनुभयो ।

‘हामीले महाधिवेशन निर्वाचनको समीक्षा गर्दै सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय लिएका छौँ’, गुरुङले बताउनुभएको छ । गुरुङले सबैभन्दा कम २२ मत प्राप्त गर्नुभएको थियो । काँग्रेस सभापतिका लागि ५० प्रतिशत मत नपुगेपछि सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । यसअघि देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?