logo
२०८१ मंसिर ९ आईतवार

  नेपाली काँग्रेसको १४ औँ महाधिवेशन  



पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना साढे ४ बजेदेखि

राजनीति |


पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना साढे ४ बजेदेखि
फाइल तस्बिर


काठमाडौँ, मङ्सिर २९ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणना बुधबार अपराह्न साढे ४ बजेदेखि हुने भएको छ । निर्वाचन समिति सदस्य अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजेदेखि मतगणना सुरु हुनेछ।

पार्टीका नेतासहितको बैठकले बुधबार नै मतगणना सुरु गर्ने निर्णय गरेको उहाँको भनाइ छ । ‘बैठकले साढे ४ बजेदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना गर्ने निर्णय गरेको छ’, रिजालले भन्नुभयो ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ ।

नेपाली काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । मतदान लगत्तै सोमबार पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगिएको थियो ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यको परिणाम भने बुधबार मध्यरातबाट सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?