logo
२०८१ मंसिर ९ आईतवार



काठमाडौं महानगरपालिका मनायो २७ औं महानगर दिवस

राजनीति |
समाज |


काठमाडौं महानगरपालिका मनायो २७ औं महानगर दिवस


काठमाडौं, मङ्सिर २९ गते । काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंको वसन्तपुरमा २७ औँ महानगर दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

यस अवसरमा महानगरले जेष्ठ नागरिकलाई बसन्तपुरमा निःशुल्क निमोनिया खोप दिएको छ । यस्तै, परम्परागत बाजा गुरुहरु र इन्द्रजात्राका अवसरमा निकालिने पुलिकीसी, दीप्याख, लाखे, आकाश भैरव र श्री करुणामय पँय्ताः बाजा र नाय : खीँ बाजाका गुरुलाईलाई ३० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पाँच वटा वडालाई उत्कृष्ट वडाको रुपमा सम्मान गरियो । साथै उत्कृष्ट दुई जनप्रतिनिधि र दुई जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिएको छ भने ५ जना जनप्रतिनिधि र पाँच जना कर्मचारीलाई एक लाख राशीको ‘स्थानीय सेवा गौरव पदकबाट सम्मान गरिएको छ ।

त्यसैगरी करास सेवामा कार्यरत ५ जना कर्मचारीलाई पनि २५ हजार नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा नियमित करदाता तथा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको छ।

यस्तै, पत्रकारिताको माध्यमबाट महानगरपालिकाको गतिविधिलाई नियमित रुपमा प्रकाशन तथा प्रशारण गर्ने १० जना पत्रकारलाई नगदसहित सम्मान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?