logo
२०८१ मंसिर ९ आईतवार

   काँग्रेस केन्द्रीय सदस्यको मतगणना  



३५ सय ९५ मतगणना हुँदा कोइराला, साउद र खाणको अग्रता कायमै

राजनीति |


३५ सय ९५ मतगणना हुँदा कोइराला, साउद र खाणको अग्रता कायमै


काठमाडौं, पुस ४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी छ ।

आइतबार साँझ ५ बजेसम्म ३५ सय ९५ मत गणना हुँदा डा. शशाङ्क कोइराला अग्रस्थानमा हुनुहुन्छ । उहाँले २९ सय ४० मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका एनपी साउदले २२ सय ६१ र गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाणले २२ सय ७ मत प्राप्त गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार उदयशम्शेर राणाले २१ सय ६७ मत प्राप्दा गर्दा रामहरि खतिवडाले २१ सय ४७ मत प्राप्त गर्नुभएको छ । नेता रमेश लेखकले २१ सय ३१ मत प्राप्त गर्नुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्कीको २१ सय २७ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन समितिले केन्द्रीय सदस्यको मतगणना आइतबार नै सम्पन्न हुने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?