logo
२०८१ मंसिर ९ आईतवार



प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलको अवरोध

राजनीति |


प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलको अवरोध
फाइल तस्बिर


काठमाडौँ, पुस ६ गते । सङ्घीय संसद्‍ अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधलाई रोक्न पटकपटक भएका छलफल निष्कर्षमा नपुग्दै मङ्गलबारका लागि बैठक आह्वान भएको हो । मङ्गलबार पनि बैठक सुरु भए लगत्तै एमालेले अवरोध गरेको छ ।

दिउँसो १ बजेर २० मिनेटबाट बैठक सुरु भएको हो । सभामुख अग्नि सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भने लगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा नाराबाजी गरेको हो ।

मङ्गलबारको बैठकमा केही अध्यादेश प्रस्तुत गर्ने कार्यसूची  छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकार गरियोस्’ भन्दै प्रस्ताव, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तुत गर्नुहुनेछ ।

दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव सांसद प्रेम सुवालले प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?