काठमाडौं, पुस ११ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएकाे छ ।
माओवादी केन्द्रको शनिबार साँझको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाइर् आठौं महाधिवेशनको रूपमा लाने प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। बैठकले साे प्रस्ताव अनुमाेदन गर्ने बताइएकाे छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक पश्चात् अपरान्ह काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पूर्वनिर्धारित कार्यक्रमको उद्घाटन हुने जनाइएको छ ।