logo
२०८१ मंसिर १० सोमवार



नेपाली काँग्रेस : १६ जिल्लाको अधिवेशन पुस २७ गते

राजनीति |


नेपाली काँग्रेस :  १६ जिल्लाको अधिवेशन पुस २७ गते


काठमाडौँ, पुस १२ गते । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुन बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको हो । विवादका कारण यी जिल्लाको अधिवेशन पटकपटक सर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?