धर्बेन्द्र झा
जनकपुरधाम, पुस २० गते । अगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्र्तगत प्रदेश नम्बर २ मा मंगलबार उम्मेदवारी दर्ता भएको छ । प्रदेश २ मा एउटा महिला र एउटा खुला गरेर दुई सिटका लागि हुने निर्वाचनमा छ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश २ का निर्वाचन अधिकृत बजे्रस प्याकुरेलले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य महिलातर्फ सत्ता गठबन्धन दलबाट नेकपा (मओवादी केन्द्र)का उर्मिला अर्याल, नेकपा एमालेको तर्फबाट विनादेवी साह र लोसपाको तर्फबाट रुपा यादवले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यसैगरी राष्ट्रियसभा सदस्य खुलातर्फ सत्तासिन गठबन्धन दलबाट जसपाका मोहमद खालिद, नेकपा एमालेको तर्फबाट उसमान अन्सारी र लोसपाको तर्फबाट श्याम सुन्दर सरदारले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
आ–आफनो उम्मेदवारको उम्मेदवारी दर्ता गराउनका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित विभिन्न दलका नेता कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय प्रदेश २ पुगेका थिए । प्रदेश २ का निर्वाचन अधिकृत प्याकुरेलका अनुसार पुस २१ गते उम्मेदवारमाथि दाबी बिरोधको कार्यक्रम रहेको छ ।
उम्मेदवारमाथि उजुरी परेको खण्डमा पुस २२ र २३ गते जाँच बुझका लागि समय निर्धारण गरिएको र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रदेश २ का निर्वाचन अधिकृत प्याकुरेलले जानकारी गराउनुभयो । उम्मेदवारको उम्मेदवारी दर्ता कार्यक्रममा यस पटक दलले खासै तामझाम गरेको देखिएको थिएन । सत्ता सिन गठबन्धन दलबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवार ।