logo
२०८१ मंसिर ८ शनिवार



उद्योगी र श्रमिकको सम्बन्ध सुधार्न आवश्यक छ : मन्त्री श्रेष्ठ

राजनीति |


उद्योगी र श्रमिकको सम्बन्ध सुधार्न आवश्यक छ : मन्त्री श्रेष्ठ
कार्यक्रममा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलगायत । तस्बिर अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, पुस २४ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले उद्योगी र श्रमिकबीच सम्बन्ध सुधार हुन नसक्दा नेपालमा औद्योगिक विकासमा समस्या उत्पन्न भएको बताउनुभएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घको ३६ औं वार्षिक साधारण सभाको शनिबार दमौलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । व्यवसायी र श्रमिक दुवैलाई एक र अर्काको साथ र सहयोग चाहिन्छ त्यसको लागि सम्बन्ध सुमधुर हुनु पर्ने नेपालमा त्यसको उचित वातावरण हुन नसक्दा समस्या परेको उहाँले बताउनुभयो ।

उद्योगी, व्यवसायीले कम्पनीमा काम गर्नेलाई आफ्नै परिवार सम्झिनु पर्ने र नाफामा गयो भने तलबभत्ता प्राप्त गर्न सक्छौं भन्ने भावना श्रमिकसँग हुनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । दुई पक्षले यो कुरा बुझेर उद्योगी र व्यापारीबीच सम्बन्ध सुमधुर बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा कोष व्यवस्थित बनाउन उद्योगी, श्रमिक नेतासँग समन्वय गर्ने काम सरकारले गर्न लागेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले प्रदेश सरकार स्वदेशमै रोजगारी दिलाउनको लागि प्रत्येक पालिकामा औद्योगिक ग्राम बनाउन प्राथमिकता दिएको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?