logo
२०८१ मंसिर ११ मंगलवार



एमाले जिल्ला अधिवेशनः कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित)

२५ मध्ये दुई जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन

राजनीति |


एमाले जिल्ला अधिवेशनः कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित)
फाइल तस्बिर


सपना थामी

काठमाडौं, पुस २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जारी जिल्ला अधिवेशनमा हालसम्म २५ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । जसमध्ये नवलपरासी (पश्चिम) र कपिलवस्तुमा निर्वाचनमार्फत नेतृत्व चयन भएको हो ।

हिमाली क्षेत्रका केही जिल्लामा भने उच्च हिमपातका कारण अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो । सर्वसम्मतबाट नेतृत्व चयन हुने जिल्लाको नेतृत्व सोमबारसम्म टुंगो लाग्ने र अरु जिल्लामा भने निर्वाचनमार्फत नै नयाँ नेतृत्व चयन हुने उहाँको भनाइ छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, बैतडीलगायत जिल्लामा सर्वसम्मतबाट नेतृत्व चयनको प्रयत्न भइरहेको उहाँले जानकारी दिनुभयो।

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट देशैभरका ६१ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्नुभएको थियो ।
जिल्लामा निर्वाचित अध्यक्षको सूचीसहित -

प्रदेश १
धनकुटा - इन्द्रमणि पराजुली
खोटाङ - रामप्रसाद दंगाल
झापा - दीपक कार्की
मोरङ - ऋषिकेश पोखरेल

प्रदेश २ 
सप्तरी - ताराकान्त चौधरी

बागमती प्रदेश
काभ्रेपलाञ्चोक - अशोक ब्यान्जु
रसुवा - कर्णेल तामाङ
नुवाकोट - बद्री मैनाली
मकवानपुर - एकलाल श्रेष्ठ
धादिङ - भूमी त्रिपाठी
भक्तपुर - बचन देउजा

गण्डकी प्रदेश
गोरखा - प्रेम गुरुङ
तनहुँ - श्रीप्रसाद श्रेष्ठ
लमजुङ - कृष्णप्रसाद अधिकारी

लुम्बिनी प्रदेश
कपिलवस्तु - डम्मर शर्मा
दाङ - हुकुमबहादुर बस्नेत
पाल्पा - धनेन्द्रराज घिमिरे
गुल्मी - बालकृष्ण काउछा मगर
अर्घाखाँची - पिताम्बर भुषाल
बर्दिया - लालबहादुर श्रेष्ठ
नवलपरासी पश्चिम - दीपेन्द्र अधिकारी

कर्णाली प्रदेश 
डोल्पा - शेरबहादुर बुढा
सल्यान - गोविन्द पुन मगर

उपत्यका विशेष प्रदेश
मजदूर विशेष - जितेन्द्र श्रेष्ठ
पेशागत विशेष - उमेश ढकाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?