logo
२०८१ मंसिर ११ मंगलवार



सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

चालकको पोजिटिभ

राजनीति |


सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ
फाइल तस्बिर


काठमाडौं, पुस २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि आइतबार पीसीआर परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गर्नुभएको थियो ।

प्रवक्ता सिंहका अनुसार उहाँका चालकको पीसीआर रिपोर्ट भने पोजिटिभ आएको छ । चालकको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि मन्त्री कार्की केही दिन चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमै बस्ने प्रवक्ता सिंहको भनाइ छ ।

‘उहाँको नेगेटिभ रिपोर्ट आए पनि चालकको पोजिटिभ आएको छ’, प्रवक्ता सिंहले भन्नुभयो, ‘उहाँ अब केही दिन होम आइसोलेसनमै बस्नुहुन्छ ।’ मन्त्री कार्कीका चालकको रिपोर्ट पोजिटिभ आएपछि मन्त्रालयका अन्य कर्मचारीलाईसमेत आइसोलेसनमा बस्न अनुरोध गरिएको छ ।

सत्ता गठबन्धनका शीर्षनेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा बस्नुभएको हो । बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री कार्की कन्ट्याक ट्रेसिङमा पर्नुभएको हो ।

प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा हुनुहुन्छ । बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना पुष्टि भएपछि उक्त बैठकमा सहभागी नेता आइसोलेसनमा बस्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?