logo
२०८१ मंसिर ११ मंगलवार



प्रचण्डको स्वास्थ्य सामान्य, दुई दिनपछि पीसीआर गर्ने

राजनीति |


प्रचण्डको स्वास्थ्य सामान्य, दुई दिनपछि पीसीआर गर्ने
फाइल तस्बिर


काठमाडौं, पुस २९ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्नु भएका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँकी सहयोगी एवम् छोरी गंगा दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार अहिले प्रचण्डमा कोरोनाको कुनै लक्षण छैन् । चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण हुने र रिपोर्ट नेगेटिभ नदेखिएसम्म प्रचण्ड आइसोलेसनमा बस्नुहुनेछ ।

‘बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले चिकित्सकको सल्लाह अनुसार अबको २ दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा बस्नुहुनेछ’, दाहालले फेसबुकमा लेख्नु भएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएपछि चिकित्सकको निगरानीमा प्रचण्ड होम आइसोलेसनमा हुनुहुन्छ । प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित माओवादीका शीर्ष नेतामा एकसाथ संक्रमण पुष्टि भएको थियो । अहिले सबै नेताको स्वास्थ्य अवस्था सामान्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?