logo
२०८० चैत्र १६ शुक्रवार



सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

राजनीति |


सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ
फाइल तस्बिर


काठमाडौं, पुस ३० गते । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दोस्रो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीको दोस्रो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्टसमेत शुक्रबार नेगेटिभ आएको हो । कन्ट्याक ट्रेसिङमा परेपछि पहिलो पटक पुस २५ गते आइतबार गरिएको पीसीआर रिपोर्टसमेत नेगेटिभ आएको थियो ।

कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गर्नुभएको थियो । चिकित्सकको सल्लाह अनुसार दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँले भेटघाटलाई खुला गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद् बैठकमासमेत सहभागी हुनुहुन्छ । अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।

आइतबार मन्त्री कार्कीको रिपोर्ट नेगेटिभ आए पनि उहाँका सवारी चालकको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँ आइसोलेसनमा हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?