एउटै गाउँबाट ६ जना शहीद भएकाले ‘शहीदहरुको गाउँ’ भनेर चिनिने तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको शहीद पार्क । उपेक्षित अवस्थामा रहेको छ । व्यास नगरपालिका–८ स्थित सो गाउँ पुग्नको लागि साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानुपर्ने बाध्यता रहेको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर मुलिमराङका भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ गरेर ६ जनाले शहादत प्राप्त गर्नु भएको थियो । ति शहीको सम्झनामा अर्धकदको प्रतिमा राखिएर सहिद पार्क बनाइएनि उचित तरिकाबाट संरक्षण हुन सकेको छैन । यस्तै राजधानीमा पनि विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइएकाे छ। प्रधानमन्त्री शेरवहादुर देउवाले लइनचाैर स्थित शहीद पार्कमा पुगी शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयाे ।
आइतबार काठमाडौंमा आयोजित शहीद दिवसको कार्यक्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ ।
सहिद सप्ताहको अन्तिम दिन लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताउनुभएको हो । सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राख्नुभयो ।
सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ । महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहनुभएको थियो ।
कोरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन । लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो । सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
तस्बिर सुजन गुरूङ्ग/ अमरराज नहर्की /रोशन सापकोटा
शहीद दिवसका अवसरमा आइतबार काठमाडौँको लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति सम्मान अर्पण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर सुजन गुरुङ
शहीद दिवसका अवसरमा आइतबार काठमाडौँको लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति सम्मान अर्पण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा/रासस