logo
२०८१ जेष्ठ ४ शुक्रवार

  दृश्य समाचार  



शहीदकी प्रेमिकाको खास्टो खोज्दै प्रतिष्ठान

राजनीति |
भिडियो |


शहीदकी प्रेमिकाको खास्टो खोज्दै प्रतिष्ठान


गोकर्ण दयाल
बैतडी, माघ १५ । शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले शहीद दशरथ चन्दको जन्मघर पुनर्निर्माणपछि सङ्ग्रहालय स्थापनाका लागि दशरथ चन्दले प्रयोग गरेका वस्तुको खोजी सुरु गरेको छ । खोजीमा दशरथ चन्दकी प्रेमिका जुलिया राणाले उपहार दिएको खास्टोसमेत छ । जुन खास्टो दरशथ चन्दले फाँसीको सजाय हुने बेलासम्म ओढ्नुभएको थियो ।

‘त्यही खास्टो भेट्न असम्भव छ । तर, उस्तै गुणको खास्टोको खोजी भइराखेको छ’, स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद चन्दले भन्नुभयो, ‘दशरथचन्दले प्रयोग गर्ने गरेका भाँडाकुँडा र अन्य वस्तुको पनि हामीले खोजी गरिरहेका छौं ।’

शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले दशरथ चन्दको सङ्ग्रालय स्थापना गर्न उहाँकै जन्मघरलाई स्मृति प्रतिष्ाठनको नाममा कायम गरेको अध्यक्ष चन्दले बताउनुभयो ।

अमर शहीद दशरथ चन्दको जन्मघर । भिडियो/तस्बिरः गोकर्ण दयाल

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?