logo
२०८१ मंसिर १० सोमवार



स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

राजनीति |


स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग


काठमाडौं, माघ २० गते । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्रावधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउन षड्यन्त्र भइराखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?