logo
२०८१ मंसिर १० सोमवार



सरकारद्वारा स्थानीय तहको निर्वाचन घोषणा सकारात्मक : लोसपा

राजनीति |


सरकारद्वारा स्थानीय तहको निर्वाचन घोषणा सकारात्मक : लोसपा


काठमाडौं, माघ २६ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको छ ।

लोसपाका अध्यक्ष जितेन्द्र सोनलले आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मूल्य मान्यता एवं विधिको शासनलाई सुदृढ एवं संस्थागत गर्ने हुँदा सो कुरालाई सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो ।

उहाँले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन २०७४ असोज २ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधिको अधिकारबाट वञ्चित गर्न नहुनेमा जोड दिनुभयो ।

‘मधेस प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचिन पदाधिकारीको पाँच वषएको पदावधि संविधानको धारा २१५–६, २१६–६ र २२०–५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यानआकृष्ट गर्न चाहन्छौं ।,’ अध्यक्ष सोनलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?