logo
२०८२ भाद्र ३ मंगलवार



स्थानीय तहको कार्यकाल विषयमा परेको रिट दरपिठ

राजनीति |


स्थानीय तहको कार्यकाल विषयमा परेको रिट दरपिठ
फाइल तस्बिर


काठमाडौं, माघ २६ गते। वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दरपिठ भएको छ। बुधबार महोत्तरी जिल्ला भंगाहा नगरपालिका २ का संजीवकुमार साहले दायर गर्नुभएको रिट दरपिठ भएको हो।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पान्थीले नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७९ वैशाख ३० गतेका लागि मिति घोषणा भएको भन्दै रिट दरपिठ गर्नुभएको हो।

साहले स्थानीय तहमा निर्वाचनपछि पाँच वर्षे कार्यकाल पूरा गर्न नपाएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?