काठमाडौं, फागुन १ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले सर्वोच्च अदालतका प्रधान्यायधीश चोलेन्द्र शमशेर जबरामाथि गरेको महाअभियोगकाे प्रस्ताव दर्ता स्थानीय तहको चुनावलाई पछि धकेल्ने षड्यन्त्र भएको आरोप लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको सचिवालय बैठकले जबरामाथि आकस्मिकरुपले महाअभियोग लगाइएको र यो षड्यन्त्रपूर्ण रहेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले बताउनुभयो ।
यसखाले गतिविधिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरुलाइ समेत प्रभाव पारेको उहाँको भनाइ छ । यो लोकतन्त्र माथिको मात्रै प्रहार नभर राजनीतिक प्रणालीलाई नै अस्थिर बनाउने कदम हो ।, पोखरेलले बताउनुभयो । यश विषयमा एमालेको भोलि सोमबार बस्ने संसदीय दलको बैठकले थप निर्णय लिने उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बसेको थियाे ।