काठमाडौं, फागुन २ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका दलहरुद्वारा सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेको आइतबार साँझ बसेको सचिवालय बैठकले यसको प्रतिवाद गर्ने जनाएको थियो ।
एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।