logo
२०८१ मंसिर १० सोमवार



एमालेका विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय

राजनीति |


एमालेका विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय
फोटो : फाइल


काठमाडौं, फागुन ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुबीच सोमबार बसेको बैठकले सबै विभागलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको नेतृत्वमा बसेको यस बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो । यसका साथै महासचिव पोखरेलले विभागहरुसँग सम्बन्धित कामकारबाही अगाडि बढाउने सुझाव दिनुभएको उहाँको भनाइ छ ।

आज विभागहरुको समन्वयात्मक बैठक सम्पन्न भयो । विदेश, प्रचार, सङ्गठन, स्वास्थ्य, सहकारी, सांस्कृतिक लगायतका पार्टीका ३३ विभाग छन् । थप कार्ययोजना बनाउने विषयमा पनि छलफल भएको रिजाल बताउनुहुन्छ । बैठक बिहान ११ बजेदेखि बसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?