logo
२०८१ मंसिर १० सोमवार



अन्तर्राष्ट्रिय सम्बन्ध राजनीतिक प्रणालीको आधारमा हुनुहुँदैन : डा. महत

राजनीति |


अन्तर्राष्ट्रिय सम्बन्ध राजनीतिक प्रणालीको आधारमा हुनुहुँदैन : डा. महत
फोटो : फाइल


काठमाडौं, फागुन ९ गते । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै पनि देशको राजनीतिक प्रणाली वा विचारधाराका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गर्न नहुने धारणा राख्नुभएको छ । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे थप स्पष्ट गर्न सोमबार एक पत्रकार सम्मेलनमार्फत उहाँले कुनै पनि देशको सहयोगलाई विवादित बनाउनु दुःखद भएको बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका महतले आफू मन्त्री भएकै बेला चीनसँग बीआरआई सम्झौता गरिएको पनि स्मरण गराउनुभयो । ‘काँग्रेसको चीनको विचारधारासँग मिल्दैन । तर, हामीले चीनसँग राम्रो, म्युचियल्ली बेनिफिसियल सम्बन्ध राख्नुपर्छ । कुन देशमा कुन पार्टी र सरकार छ यस्तो दृष्कोण सार्वजनिक गर्दैनौं,’ महतले भन्नुभयो ।

एमसीसी परियोजनाका विषयमा नेपालका दुई मित्र शक्ति राष्ट्रहरुबीच वाकयुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ । एमसीसीलाई बढ्ता राजनीतिकरण गरिएको उहाँले बताउनुभएको छ ।

‘दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच पनि कतिपय कुरा नमिल्ने पनि छ । तर, दुई देश अमेरिका र चीनबीचमा ज्यादा व्यापार छ ।’, राष्ट्रिय स्वार्थको आधारमा अनुदान प्राप्त भए जुनसुकै देशको सहयोग पनि आँखा चिम्लेर लिन सकिने समेत महतले बताउनुभयो ।

यस्तै, सत्ता गठबन्धनमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी पास गराउन सहयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?