logo
२०८१ बैशाख १८ मंगलवार



मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्म स्थगित

राजनीति |


मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्म स्थगित


विजयकुमार साह
ढल्केबर, फागुन १० गते । मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले विशेष कारणले गर्दा प्रदेशसभाको बैठक स्थगन भएकोे बताउनुभयो । उहाँले फागुन २२ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

योसहित लगातार दोस्रो पटक प्रदेशसभाको बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?