logo
२०८१ मंसिर ९ आईतवार



लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

राजनीति |


लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने


काठमाडौं, फागुन ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा लोसपाका सांसदले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेकाे पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

साथै, बैठकले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

एमसीसीको पक्षमा सबैको सहमति भएपनि निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । बैठकले एमसीसी परियोजनाबारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता महन्थ ठाकुरलाई दिने निर्णय गरेको नेता डा. सुरेन्द्र कुमार झाले जानकारी दिनुभयो । प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ ।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?