logo
२०८१ बैशाख २१ शुक्रवार



नक्कली नोटसहित तीन जना भारतीय नागरिक पक्राउ

राजनीति |


नक्कली नोटसहित तीन जना भारतीय नागरिक पक्राउ
नक्कली भारतीय नोटसहित विराटनगरबाट पक्राउ परेका तीन जना भारतीय नागरिक। तस्बिर: नेपाल प्रहरी


विराटनगर समाचारदाता
विराटनगर, फागुन १३ गते। भारतीय नक्कली नोटसहति प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। विराटनगर १३ बाट तीन जना भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत पूर्णिया घर भएका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेको मोरङ प्रहरीले जनाएको छ।

शुक्रबार बिहान साढे १० बजेको समयमा प्रहरीको टोलीले नहरचोकबाट चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट एक सय रुपैयाँ दरका ४८ वटा नक्कली भारतीय नोट बरामद भएको छ।

नक्कली नोटसहति पक्राउ परेका तीनै जना टेम्पो चढेर विराटनगरतर्फ आउँदै गरेका थिए। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?