logo
२०८१ मंसिर ९ आईतवार



बालकोटमा काँग्रेस र एमाले नेताहरुबीच छलफल जारी

राजनीति |


बालकोटमा काँग्रेस र एमाले नेताहरुबीच छलफल जारी
तस्बिर साैजन्य : राजन काफ्ले


काठमाडौं, फागुन १४ गते । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख विपक्षी दल नेकपा (एमाले)नेताहरुबीच बालकोटमा छलफल जारी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजागाईंले काँग्रेस र एमाले नेताहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार अपराह्न ४ बजेदेखि दुवै दलका नेताहरु छलफलमा बस्नुभएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा पुग्नु भएको छैन ।

‘प्रधानमन्त्री देउवा आउने कुरा थियो । दुवै दलका नेताहरुबीचको कुरा कसरी अगाडि बढ्छ त्यहि अनुसार हुन्छ ।’ उहाँले भन्नुभयो ।

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी हुनुहुन्छ ।

अमेरिकी मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि दुई दलबीच छलफल तीव्र भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?