logo
२०८१ बैशाख १२ बुधवार



कैलाली काँग्रेस सभापति : दोस्रो चरणको निर्वाचन फागुन १९ गते

राजनीति |


कैलाली काँग्रेस सभापति : दोस्रो चरणको निर्वाचन फागुन १९ गते


अविनाश चौधरी

धनगढी, फागुन १७ गते। नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन फागुन १९ गते हुने भएको छ।

पहिलो चरणको निर्वाचनबाट सभापतिका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि काँग्रेसको विधान अनुसार दोस्रो चरणको निर्वाचन हुन लागेको हो। सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९ मत र निकटतम् प्रतिद्वन्द्वी नारायणदत्त भट्टले एक हजार ७२ मत प्राप्त गर्नुभयो।

सभापतिका अर्का उम्मेदवार रामबहादुर कलेलले १९७ मत प्राप्त गर्नुभएको थियो। सभापतिका लागि अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ।

सभापतिका उम्मेदवार दुवै जना र निर्वाचन समितिबीच मङ्गलबार भएको छलफलबाट फागुन १९ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?